Logo

संसद्‌मा कांग्रेसको अवरोध (लाइभ)

काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ प्रतिपक्षी नेपाली कांग्रेसले अवरोध गरेको छ । सभामुख देवराज घिमिरेले बजेट अधिवेशन प्रारम्भ भएको राष्ट्रपति रामचन्द्र पौडेलको पत्र वाचन गर्नासाथ कांग्रेसका सांसदहरू उभिएर सदन अवरोध गरेका हुन् । कांग्रेस गृहमन्त्री रवि लामिछानेको सहकारी रकम अवचलनबारे छानबिन समिति गठन नभएसम्म सदन चल्न नदिने बताउँदै आएको छ ।