Logo

मुख्य समाचार

काठमाडौं महानगरको मेयरमा बालेन साह निर्वाचित



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयरमा स्वतन्त्र उम्मेद्धवार बालेन्द्र साह विजयी भएका छन् । बिहीबार काठमाडौंको ३२ वटै वडाको मतणना सम्पन्न भएको हो ।

नेपाली कांग्रेसबाट मेयरकी उम्मेद्धवार सिर्जना सिंहलाई फराकिलो अन्तरले पराजित गरेका हुन् । साहले ६१७६७ मत ल्याएका छन्। सिर्जना श्रेष्ठले भने ३८३४१ मत ल्याएकी छन्। नेकपा (एमाले) का केशव स्थापितले ३८११७ मत पाए ।

यस्तै उपमेयरमा भने नेकपा (एमाले) की सुनिता डंगोल विजयी भएकी छन् । उनले ६८६१२ मत पाएकी छन्। पाँच दलीय गठबन्धनका तर्फबाट उपमेयरमा नेकपा (एकीकृत समाजवादी) का उम्मेद्धवार रामेश्‍वर श्रेष्ठले २३८०६ मत पाए।

यद्धपी निर्वाचन आयोगले भने आज (शुक्रबार) विहान काठमाडौं महानगरको निर्वाचनको अन्तिम परिणाम घोषणा गर्ने जनाएको छ ।

प्रकाशित मिति : १३ जेष्ठ २०७९, शुक्रबार  ६ : ४४ बजे