Logo

Breaking News 1

नेपाली सेनाले भेटायो हराइरहेको तारा एयरको विमान



काठमाडौं । नेपाली सेनाले हराइरहेको तारा एयरको विमान फेला परेको छ । नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिल्वालले ट्वीटरमार्फत सो कुराको जानकारी दिएका हुन् ।

खोजी र उद्धार टोलीले विमान रहेको स्थान पत्ता लगाएको र यसबारे थप विवरण आउन बाँकी रहेको उनले बताएका छन् ।

तारा एयरको ट्विनअटर विमानको खोजी कार्य सोमबार बिहानैबाट पुनः सुरु गरिएको थियो । पोखराबाट मुस्ताङका लागि उडेको सो विमान आइतबार बिहान १० बजेर ७ मिनेटमा सम्पर्कविहीन भएको थियो ।

यो पनि…

प्रकाशित मिति : १६ जेष्ठ २०७९, सोमबार  ७ : ४५ बजे