Logo

मुख्य समाचार

तारा एयर दुर्घटना: शवका टुक्रा बटुल्दै उद्दार टोली, पहिचान गर्न सक्ने अवस्था छैन



काठमाडौं । नेपाली सेनाले हराइरहेको तारा एयरको विमान फेला परेको छ ।

आइतबार बिहानबाट हराइरहेको जहान नेपाली सेनाले सोमबार बिहान दुर्घटनाग्रस्त अवस्थामा फेला पारेको हो ।

दुर्घटनास्थलमा शवका टुक्रा मात्रै रहेको र कुन शव कस्को भन्ने छ्ट्याउन सकिने अवस्थामा नरहेको बताइएको छ ।

उद्दार टोलीले अहिले शवको टुक्रा बटुल्ने काम गरिरहेको छ । तारा एयरको नाइन एन–‘एईटी’ ट्विनअटर विमान मुस्ताङको थासाङ गाउँपालिका-२ सानोस्वाँरेमा स्थित मानापाथी हिमालको फेदीमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो ।

जहाज आइतबार बिहान पोखराबाट जोमसोमका लागि उडेको थियो ।

प्रकाशित मिति : १६ जेष्ठ २०७९, सोमबार  ८ : ४७ बजे