Logo

मुख्य समाचार

बुधबारदेखि हवाई सेवा बन्द गर्ने वायुसेवा सञ्चालक संघको घोषणा



काठमाडौं । वायु सेवा सञ्चालक संघ नेपालले बुधबारदेखि देशभरि हवाई सेवा बन्द गर्ने घोषणा गरेको छ ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघले आफ्ना जहाज र हेलिकप्टर नचलाउने निर्णय गरेको हो ।

सरकारले विभिन्न कम्पनीका ५५ वटा जहाज र हेलिकप्टरहरूले राती काठमाडौंबाहिर तोकिएको आधार विमानस्थलमा पार्किङ गर्नुपर्ने भनी गरेको निर्णयको विरोधमा संघले यस्तो निर्णय गरेको हो ।

‘बाध्यात्मक रूपमा यस संघसँगग आवद्ध सम्पूर्ण हेलिकप्टर तथा हवाई सेवा कम्पनीहरूले प्रदान गर्दै आएका आपतकालीन उद्धारलगायत नियमित उडानहरू मिति २०७९/०३/०८ गतेबाट स्थगित गरिएको व्यहोरा जानकारी गराउन चाहन्छौं,’ संघको विज्ञप्तिमा भनिएको छ।

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  २ : ३२ बजे